ललितपुर नगर प्रहरीले विद्युतीय स्कुटरबाट गस्ती गर्ने

 साउन ५, २०७९ बिहिबार १२:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकाकाे नगर प्रहरीकाे क्विक रेस्पोन्स टाेलीले विद्युतीय स्कुटरमार्फत गस्ती गर्ने भएकाे छ । महानगरले एक कार्यक्रममार्फत आजदेखि गस्तीका लागि पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएकाे जानकारी दिएकाे हाे । 

महानगरवासीका समस्या तत्काल समाधान गर्ने उद्देश्यले विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएकाे महानगरपालिकाले जनाएकाे छ। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आउँदाे दिनमा किन्ने सबै गाडी विद्युतीय हुने घोषणा पनि गर्नुभएकाे छ । 

उहाँले क्विक रेस्पोन्स टाेलीलाई महानगरभित्र तत्काल केही समस्या पर्दा जान सजिलाे हाेस् भनेर स्कुटर सञ्चालनमा ल्याइएकाे बताउनुभयाे । 

'पाटन सहर २४ सै घण्टा सुत्दैन' भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्त्व पनि त्यत्तिकै हुने भएकाले सीसीटीभी जडानको काम भइरहेको उहाँले बताउनुभयो ।

यस्तै महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने तयारी गरिरहेकाे मेयर महर्जनले बताउनुभयो । उहाँले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्ड विपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने जानकारी दिनुभयाे । 

तस्बिर : सीताराम हाछेथु फेसबुक

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया