कोरोनाविरुद्धको खोप नलगाएका जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना

 साउन ५, २०७९ बिहिबार १८:१२:२५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना बढेको छ । कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण यूएस ओपन पनि खेल्न नपाउने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ तर जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन् । जोकोभिचले यसअघि तीन पटक यूएस ओपनको उपाधि जितेका छन् ।

यूएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने सम्भावना बढेको हो । खोप नलगाएकै कारण उनले यसै वर्षको सुरुमा अस्ट्रेलियन ओपन पनि गुमाएका थिए । भर्खरै विम्बल्डनको उपाधि जितेका जोकोभिचलाई यूएस ओपनको पनि दाबेदार मानिएको थियो ।

जोकोभिचले केही राम्रा समाचारको आसा गरिरहेको बताएका छन् । तर उनले खोप लगाउने या अमेरिकासँग प्रवेशका लागि आग्रह गर्ने भन्नेबारेमा खुलाएका छैनन् । यूएस ओपन आउँदो अगस्ट १९ देखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुँदैछ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया