धर्म सन्तानको नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याइयो

 साउन ६, २०७९ शुक्रबार ९:२६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर : द इन्डियन एक्सप्रेस

काठमाण्डाै - नेपालबाट धर्म सन्तानको नाममा बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले धर्म सन्तानका नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विभिन्न देशमा पुर्याइएको देखाएको छ ।

२०६७ सालमा तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समिति बनाएर १८ देशमा धर्मपुत्र/धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको थियो । तर मुलुकी देवानी संहिता २०७४ लागू भइसकेपछि विदेशी नागरिकले नेपाली बालबालिकालाई धर्मपुत्र/पुत्रीको रुपमा ग्रहण गर्न नसक्ने व्यवस्था गरेको छ ।

सरकारसँग २०६७ देखि २०७४ सालको बीचमा अमेरिका, फ्रान्स, डेनमार्क, नर्वे, क्यानडा, स्वीट्जरल्यान्ड र बेल्जियममा गरी २४ जना बालबालिका मात्रै धर्म सन्तानको रुपमा विदेश गएको अभिलेख  रहेको छ । तर अमेरिकी डिपार्टमेन्टको अभिलेख र अमेरिकाले नेदरल्यान्डकाे ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेशनल ल’ लाई बुझाएको रिपोर्टमा नेपालबाट १ सय ७३ जना बालबालिका धर्म सन्तानको रुपमा विदेश लगेको देखाएको छ ।

यसरी हेर्दा सरकारको अभिलेखमा रहेका २४ जनाबाहेक १ सय ४९ जना बालबालिकाको अभिलेख नराखि धर्म सन्तान बनाएर गैरकानुनी रुपमा विदेश पुर्याएको महालेखाले जनाएको छ । मन्त्रालयले ११ देशमा धर्म सन्तानको रुपमा लगेका बालबालिकाको तथ्याङ्कसमेत राखेको छैन ।

धर्मपुत्र/पुत्रीको तथ्याङ्क अभिलेखाङ्कन गर्न सरकारले आर्थिक वर्ष २०७७/७८ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि खर्च नभएको प्रतिवेदनमा उल्लेख छ ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया