सुनकाे भाउ आज एक हजार रुपैयाँले बढ्याे

 साउन ६, २०७९ शुक्रबार ११:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले नै बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

हिजो भाउ घटेर तोलामा ९३ हजार रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ९४ हजार रुपैयाँमा पुगेको हाे । समग्रमा यो हप्ता सुनको भाउ चार सय रुपैयाँले बढ्यो ।

हप्ताको पहिलो दिन आइतवार तोलामा ९३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसपछि सोमवार चार सय रुपैयाँले बढेर ९४ हजारमा पुगेको थियो भने मङ्गलवार २ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको थियो  ।

बुधवार फेरि ९४ हजार रुपैयाँ पुगेकोमा हिजो एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा झरेको थियो ।

यस्तै, यो हप्ता चाँदीको भाउ समग्रमा ५ रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज अन्तिम दिन १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया