नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्छ : सांसद सुवाल

 साउन ६, २०७९ शुक्रबार १४:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्ताे बताउनुभएकाे हाे । नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । 

यस्तै सांसद सुवालले नागरिकता विधेयकलाई 'फास्ट ट्र्याक' बाट पारित गर्नु देशको हितमा नभएको बताउनुभयाे । नागरिकता विधेयक 'फास्ट ट्र्याक' बाट पारित गर्न खोज्नु देशको हितमा नभएको उहाँकाे भनाइ छ ।उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्ने गरी कार्यसूची बनाउनु जरुरी छ ।’ 

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने सांसद सुवालकाे भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया