क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

 साउन ८, २०७९ आइतबार १२:५:७ | एजेन्सी
unn.prixa.net

अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।

योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका कारण १० वटाभन्दा धेरै घर जलेर जष्ट भएका छन् ।

डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ । क्यालिफोर्नियाको वारुण विभागले विस्फोटक रूपमा आगो फैलिरहेकाले नियन्त्रणमा चुनौती रहेको बताएको छ ।

क्यालिफोर्नियाका गभर्नर गभिन न्युसोमले सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया