भारतको नयाँ दिल्लीमा पनि भेटिए मङ्कीपक्सका बिरामी

 साउन ९, २०७९ सोमबार ६:५१:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी भेटिएका छन् ।

राजधानी सहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन् । उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् । योसँगै भारतमा मङ्कीपक्स लागेका बिरामीको सङ्ख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो ।

अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ । यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको भन्दै अस्ति विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वका ७५ देशमा मङ्कीपक्सका १६ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया