नेप्से साढे ५४ अङ्कले बढ्यो, ८ वटा कम्पनीको सर्किट, ४ अर्ब १० करोड रुपैयाँको कारोबार

 साउन ९, २०७९ सोमबार १५:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो ६१ अङ्कले बढेको शेयर बजार आज पनि साढे ५४ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको छ । 

सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र  जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकम पनि निकै बढेको छ । दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, सूर्योदय वमी लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मर्दी हाइड्रो र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । आज म्युचुल फन्ड समूहका केही कम्पनीको शेयर भने घटेको छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया