'मङ्कीपक्स' काे उपचारमा 'स्मलपक्स' काे खाेप लगाउन अनुमति

 साउन ९, २०७९ सोमबार १६:३६:४३ | एजेन्सी
unn.prixa.net

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ । 

डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । युरोपेली आयोगका औषधि विज्ञहरूले अनुसन्धान गरेपछि यो निर्णय भएको खबरमा उल्लेख छ । यो खोप युरोपेली युनियनका सदस्य देश, आइसन्ल्याड र नर्वेमा मात्रै प्रयोगको अनुमति दिइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई लिएर विश्वव्यापी आपत्काल घोषणा गरिसकेको छ । ७२ देशका १६ हजार जनामा यो सङ्क्रमण फैलिइसकेको छ । स्मलपक्सले सन् १९७० को दशकमा युरोपमा ठूलो क्षति गरेको थियो । सन् १९८० मा भने यो सङ्क्रमणको अन्त्य भएको थियो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया