प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी

 साउन ९, २०७९ सोमबार १७:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै दुई जना युवाले नाराबाजी गरेका छन् । 

आज साेमवार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा दुई युवाले प्लेकार्डसहित नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नारा लगाएका हुन् । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाएपछि जाने क्रममा दुई जना युवाले नाराबाजी गरेका हुन् । उनीहरूले राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँजस्ता नारा लगाएका थिए । 

नारा लगाउन थालेपछि नारा लगाउने युवालाई सुरक्षाकर्मीले कार्यक्रमस्थलबाट बाहिर निकालेका छन् । युवा बाहिर निस्केपछि प्रधानमन्त्री देउवाले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भइसकेको छ । एमसीसी पनि यस अगाडि नै व्याख्यात्मक घोषणासहित संसदबाट पारित भइसकेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया