रुसले युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने

 साउन १०, २०७९ मंगलबार ९:७:० | एजेन्सी
unn.prixa.net

रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने जनाएको छ ।

मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको ग्याजप्रोमले जनाएको छ ।

ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइप लाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ । अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुन सक्ने अनुमान छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नु पर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ ।

यो निर्णयले युरोपेली सङ्घका देशमा जाडो महिनाअघि ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको बीबीसीले जनाएको छ । नर्ड स्ट्रिम–१ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्याउँछ । यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पूरै बन्द गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया