स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त

 साउन १०, २०७९ मंगलबार १५:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको हो ।

स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्राध्यापक डाक्टर रामस्वार्थ रायलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै भारतका लागि नेपाली राजदूत रहनुभएका डाक्टर शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त हुनुभएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया