भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ ।
आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले के–के काम गरिरहेको छ भन्नेबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।
थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एसिया प्यासिफिक ग्रुप अफ मनी लन्डरिङको सदस्य हो । यसले आउँदाे अक्टोबर र नोभेम्बरमा मूल्याङ्कन गर्दैछ । नेपालमा मनि लन्डरिङ सम्बन्धि कानुन प्राप्त नबनिसकेको, बनेको कानून पनि प्राप्त कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भष्टाचार र अपराधीकरणको कारणले गर्दा हाम्रो देशको यस्तो मूल्याङ्कन अति जोखिममा रहेको छ । नेपाल विगतमा कालोसूचीमा पर्दापर्दै बचेको भए पनि यो पटक बच्न नसक्ने सम्भवना छैन । नेपाल कालोसूचीमा पर्ने सम्भावना बढ्दै गएको हो भने कालोसूचीमा पर्न नदिन सरकारले के–के गरिरहेको छ । अविलम्ब संसदलाई सरकारले जानकारी दिन आग्रह गर्दछु ।’
थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा रेमिट्यान्स र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।