काठमाण्डौ महानगरले आजदेखि फोहर उठाउने

 साउन १२, २०७९ बिहीबार ७:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले एक हप्तासम्म थुप्रिएकाे फाेहर आजदेखि उठाउने भएको छ ।

महानगरपालिकाले सूचना निकालेर बिहानैदेखि फोहर उठाउने भएकाले पायक पर्ने ठाउँमा फोहर सङ्कलन गरेर राख्न अनुरोध गरेको छ ।

बञ्चरेडाँडासम्म फोहर लैजाने  सडक निर्माणको काम सकिएकाले आजदेखि फोहर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहर नउठ्ने जानकारी गराएको थियो ।

एक हप्तासम्म फोहर नउठ्दा काठमाण्डौमा दुर्गन्ध फैलिएको छ । लगातार पानी परिरहेकाले काठमाण्डौका सडकमा लिचेट बग्न थालेको छ ।

फोहरका कारण प्रदूषणसँगै सङ्क्रामक रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । फोहरको डङ्गुरका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या भइरहेको छ । थुप्रिएका फोहर आजैदेखि उठाउने भनिए पनि सबै फोहर आजै उठाउन नसकिने महानगरपालिकाले जनाएको छ । 
 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया