खेरसन क्षेत्र जोड्ने पुलमा युक्रेनको रकेट आक्रमण, रुसी सेनालाई बन्दोबस्तीमा समस्या पर्ने दाबी

 साउन १२, २०७९ बिहिबार १३:५६:१३ | एजेन्सी
unn.prixa.net

युक्रेनले रुसी कब्जामा रहेको खेरसन क्षेत्रलाई आफ्नो नियन्त्रणमा ल्याउने अभियान सुरु भएको जनाएको छ । रुसले युक्रेनमा आक्रमण थालेर नियन्त्रणमा लिएको पहिलो क्षेत्र खेरसनलाई पुनः आफ्नो नियन्त्रणमा लिन युक्रेनले पुलमा आक्रमण गरेको बीबीसीले जनाएको छ । 

डिनिप्रो नदीको पश्चिम क्षेत्रमा रहेको रणनीतिक सहर खेरसनमा पुग्ने पुललाई नै युक्रेनी सेनाले अमेरिकाले दिएको हिमर्स रकेट प्रहार गरेर ध्वस्त बनाएको छ । खेरसन सहर जोड्ने पुलमा नै क्षति पुगेपछि खेरसनमा रहेका हजारौँ रुसी सेनालाई बन्दोबस्तीका सामानको समस्या पर्नेछ र रुसले कब्जामा लिएका अरू क्षेत्रसँगको सम्बन्धविच्छेद भएको छ । पुलमा क्षति पुगेसँगै रुसी सेनालाई गाह्रो पर्ने र युक्रेन बलियो अवस्थामा पुग्ने खबरमा उल्लेख छ । 

गए राति एक भिडिओ सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पुलमाथिको आक्रमणकाे प्रशंसा गर्दै रुसले कब्जा गरेका क्षेत्रलाई स्वतन्त्रता प्रदान गर्ने अभियान सुरु भएको बताउनुभएको छ । रुसले भने खेरसन जोड्ने पुल ध्वस्त हुँदा यसले आफ्ना सेनालाई नभइ त्यहाँका स्थानीयवासीलाई असर पर्ने प्रतिक्रिया दिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया