सिसडाेल र बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने सरोकार समितिको चेतावनी

 साउन १२, २०७९ बिहीबार १४:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौदेखि सिसडोल र बञ्चरेडाँडामा फोहाेर फाल्न नदिने चेतावनी दिएको छ ।  

समितिले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर नेपाल सरकार, राजनीतिक दल, प्रशासनिक तथा न्यायिक निकाय, काठमाण्डाै महानगरपालिकासमेतलाई फोहोर नफाल्न अन्तिम पटक अनुरोध गरेको जनाएको छ । बन्चरेडाँडा सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले मानव बस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप लगाउँदै अब सधैँका लागि फोहोर फाल्ने काम रोक्ने चेतावनी दिनुभयो ।

सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उहाँले उपत्यकाको फोहोरमैला सिसडोल, बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजान सधैँका लागि बन्द गर्ने गरी बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो । 

ढुङ्गानाले आजसम्म बन्चरेडाँडामा फोहोर फालेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने काम मात्रै भएको भन्दै अब कसैको स्वार्थ पूरा गर्नका लागि बञ्चरेडाँडा र सिसडोलवासीले स्वास्थ्य दाउमा नराख्ने बताउनुभो । 

यस्तै नुवाकोटको ककनी वडा नम्बर २ का समाजसेवी राजुप्रसाद न्यौपानेले बाटो, शिक्षा, स्वास्थ्यमा विकास हुन्छ भनेर सिसडोलका स्थानीयले फोहोरमैला विसर्जनमा सहमति जनाएको भए पनि स्थानीय नागरिकको सपनामाथि सरकारले घात गरेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया