ताइवानको विषयमा चीन र अमेरिकाले एक अर्कालाई दिए चेतावनी

 साउन १३, २०७९ शुक्रबार ८:२०:५७ | एजेन्सी
unn.prixa.net

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताउनुभएको छ । साथै उहाँले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गर्नुभएको छ । तर चिनियाँ राष्ट्रपति सी ले बाइडेनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सुझाव दिनुभएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलाेसी ताइवान भ्रमणमा जान लागेको खबरपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ । अमेरिकी परराष्ट्र मन्त्रालयले पेलाेसीको कुनै त्यस्तो भ्रमण योजना नरहेको बताएको छ । चीनले यो भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Maharjan Naresh

    July 29, 2022, 11:42 a.m.

    Go back American

  •  0 Reply

तपाईको प्रतिक्रिया