दाङमा कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्या...
मंसिर २५, २०८० सोमबार
काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गरेर भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासँग भेट्नुअघि लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । खड्कासँगको भेटवार्तामा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोप लगायतका विभिन्न क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दक्षिण तथा मध्य एसिया मामिलाको सहायक विदेश मन्त्री लु तीन दिने भ्रमणका लागि हिजाे बिहीवार बेलुकी नेपाल आउनुभएको हो ।