रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव हुने बताउनुभएको छ ।
आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आउँदाे मङ्सिर ४ गते नै सङ्घ र प्रदेश सभाकाे चुनाव हुने पक्कापक्की भएको बताउनुभएको हो । उहाँले सरकारले केही दिनमै आउँदाे चुनावकाे मिति घोषणा गर्ने पनि जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते चुनाव हुँदैछ । पक्कापक्की छ । केही दिनमा औपचारिकरूपमा त्यो घोषणा हुन्छ ।’
प्रवक्ता महतले आफ्नो आकाङ्क्षा र कुण्ठालाई त्यागेर आउँदाे चुनावकाे बारेमा सूचना प्रकाशन गर्न पनि प्रेस युनियनलाई निर्देशन दिनुभयो । उहाँले पार्टीमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।