अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गयो

 साउन १४, २०७९ शनिबार १६:३१:४१ | एजेन्सी
unn.prixa.net

अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताउनुभएको छ । ठूलो बर्षा र बाढीको कारण  केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ । घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ ।

केन्टकी प्रान्तमा अझै एक हप्ता ठूलो पानी पर्ने सम्भावना रहेको अमेरिकाको राष्ट्रिय मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।   
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया