पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढे

 साउन १५, २०७९ आइतबार ६:५७:२४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेका छन् । यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले     यस वर्ष पोलियो भाइरस बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

साथै उहाँले पोलिया सङ्क्रमण निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । प्रधानमन्त्री शरिफले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्ससँग सार्वजनिक स्वास्थ्यबारे केन्द्रित रहेर कुराकानी गर्नुभएको छ ।

फोनवार्तामा बिल गेट्सले पोलियोविरुद्धको कार्यक्रममा आफ्नो सहयोग रहने बताएका प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया