मनसुनको न्यून चापीय रेखा नेपाल नजिक, तीन दिन लगातारजसो पानी पर्ने सम्भावना

 साउन १५, २०७९ आइतबार ९:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

यस्तै, राति प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो ।  वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया