साढे ५४ अङ्कले बढेर नेप्से २२ सय विन्दु नजिकै, ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

 साउन १५, २०७९ आइतबार १५:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ ।

नेप्से सूचक बढेकाे दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आईएमई जनरल इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, एनएलजी इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि नेपाल हाइड्रो पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीकाे शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया