आईएमई पे एपको टपअपमा नयाँ क्यासब्याक अफर

 साउन १६, २०७९ सोमबार १२:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड”को “आईएमई पे” ले मोबाइल रिचार्जमा नयाँ अफर ल्याएकाे छ । 

कम्पनीले आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा ल्याएकाे थियाे । याे अफरको साथै अब सेवाग्राहीहरुले आईएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पाउनेछन् । 

कम्पनीले एक जना भाग्यशाली विजेतालाई याे अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने भएकाे छ । त्यसका लागि  महिनाभरि कम्तीमा ५० रुपैयाँको १० टपअप गर्नुपर्ने नियम तथा सर्त रहेकाे कम्पनीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: साउन १७, २०७९

तपाईको प्रतिक्रिया