गएकाे वर्ष सरकारले लियाे २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा धेरै आन्तरिक ऋण

 साउन १६, २०७९ सोमबार १४:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले दुई खर्ब ३१ अर्ब रुपैयाँभन्दा धेरै आन्तरिक ऋण लिएकाे छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गएको वर्षको साउनदेखि यो वर्षको असारसम्म दुई खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण लिएकाे हो । 

यस्तै एक वर्षको अवधिमा सरकारले बाह्यतर्फ एक खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋणको प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा आन्तरिकतर्फ दुई खर्ब ३९ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा दुई खर्ब ३१ अर्ब रुपैयाँ लिएकाे छ । 

यस्तै गएको आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ९३ अर्ब ३० करोड ७५ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै गएको आर्थिक वर्षमा सरकारले चालु खर्च बढाएको छ भने पुँजीगत खर्च कम भएको छ ।

गएकाे आर्थिक वर्षमा नाै खर्ब ६१ अर्ब ४७ करोड रुपैयाँ चालु खर्च भएको छ, यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १३ प्रतिशतले धेरै हो । पुँजीगततर्फ भने दुई खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ दशमलव २२ प्रतिशतले कम हो । वित्तीय व्यवस्थातर्फको खर्च भने १७ दशमलव २५ प्रतिशतले बढेर एक खर्ब १८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया