प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
म्यानमारमा सैन्य कु पछि लगाइएको सङ्कटकाल फेरि ६ महिना थपिएको छ । म्यानमारको नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले गएको वर्ष लगाइएको सङ्कटकाल ६ महिना लम्ब्याउने निर्णय गरेको बीबीसीले जनाएको छ । काउन्सिलले त्यहाँ आम चुनाव गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि सङ्कटकालीन अवस्था थप ६ महिना थप्नुपरेको जनाएको छ ।
म्यानमारको संविधानअनुसार त्यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्छ । म्यानमारका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गएकाे वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेकामा गएको जनवरी ३१ मा नेशनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको सैनिकले आम चुनाव गर्ने तयारी थालेको जनाएको बीबीसीले जनाएको छ ।
सैन्य कु लागू भइसकेपछि त्यसको विरोधमा म्यान्मारमा हजारौँको सङ्ख्यामा मानिसले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा सेनाको गोली लागेर दुई हजार एक सयभन्दा बढीले ज्यान गुमाएका बीबीसीले लेखेको छ । सेनाले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई जेलमा राखेको छ भने गएको हप्ता चार जना प्रजातन्त्रवादी नेताहरूलाई मृत्युदण्ड दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।