कोरोना सङ्क्रमितको उपचारका लागि ७ वटै प्रदेशमा अस्पताल ताेकियाे

 साउन १६, २०७९ सोमबार १७:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काेराेना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पताल तोकेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले सङ्क्रमितको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पतालहरूको नाम तोकेको हो । 

सरकारले तोकेका यी अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले कोरोना सङ्क्रमतिको उपचारका लागि तोकिएका अस्पताललाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने जनाएको छ । 

बाग्मती प्रदेशमा कोरोनाका बिरामीको उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेललाई तोकिएको छ । 

यस्तै प्रदेश नम्बर १ मा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तोकिएको छ । मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई तोकिएको छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरि अस्पताल बागलुङलाई तोकिएको छ । 

यस्तै लुम्बिनी प्रदेशका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जलाई तोकिएको छ । कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिममा डडेल्धुरा अस्पताल डडेल्धुरा र सेती प्रादेशिक अस्पताल कैलालीलाई तोकिएको सरकारले जनाएको छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • resham Kafle lal

    Aug. 1, 2022, 5:34 p.m.

    कुनैवेला मलाई पनि आवश्यक हुनसक्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया