भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - काभ्रेको पनौतीमा पशुमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फेला परेको छ । पनौती नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएको नगरपालिका कार्यालयले जनाएको छ ।
बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले ओसारपसारमा रोक लगाएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ओसारपसार गर्नुपरेमा बङ्गुरको स्वास्थ्य परीक्षण गरेर मात्रै ढुवानी गर्न आग्रह गरिएको छ ।
‘सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी गरिरहेका छौँ, उहाँले भन्नुभयो,‘ विभिन्न ठाउँमा पालिका बङ्गुरको नमुना परीक्षणबाट रोग देखा परेको छ ।’ पशुसेवा विभागले अफ्रिकन स्वाइन फिभरलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ ।
सन् २०१८ मा छिमेकी देश भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो । गएको वर्ष चैतमा पहिलो पटक काठमाण्डौको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमुना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको थियो ।
अफ्रिकन स्वाइन फिभर रोगका कारण त्यसबेला काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा झन्डै एक हजार बङ्गुर मरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।