नारायणीमा पानीको सतह बढ्दै, दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह

 साउन १७, २०७९ मंगलबार ९:४२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नारायणी नदीमा पानीकाे सतह बढेको छ । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा बिहान जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको र यो बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, आज सप्तकोशीको चतरामा पनि पानीको बहाव बढ्ने अनुमान छ ।

मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपरासी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बाँके, बर्दिया, कैलाली, डोटी, दार्चुला र आसपासका साना नदीमा पनि बहाव बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया