भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पढेलेखेकै र धनीवर्गबाट बच्चालाई आमाको स्तनपान गराउन हेलचेक्र्याइँ भइरहेको बताउनुभएको छ ।
आज प्रसूति गृह थापाथली काठमाण्डौमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उहाँले बट्टाको दूध तथा खानेकुरा खुवाउने, स्तनपान कम गराउने सङ्ख्या वाग्मती प्रदेशमै बढ्दो देखिनु चिन्ताजनक रहेको बताउनुभयो।
विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने सङ्ख्या बढी देखिएको तर बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वाग्मती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको उहाँको भनाइ छ ।
मन्त्री खापुङले सहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले ७ वटै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको र यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा निःशुल्क नपाउनुका कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।
मन्त्री खापुङले कोरोनाको सङ्क्रमण बढिरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र नागरिकलाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।