अमेरिकाको पूर्वी राज्य केन्टकीमा बाढीमा परि बालबालिकासहित ३७ जनाको ज्यान गयो, १ सयभन्दा धेरै बेपत्ता

 साउन १७, २०७९ मंगलबार ११:३१:३५ | एजेन्सी
unn.prixa.net

अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा पनि ६ जना बालबालिका रहेका बीबीसीले जनाएको छ ।

बाढीमा परेर  १ सयभन्दा धेरै बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको खबरमा उल्लेख छ । कयौँ घर तथा भवनहरु डुबानमा परेका छन् । त्यहाँका १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ। सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको छ ।

केन्टकीका गभर्नर एन्डी बेसियरले बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ । उहाँका अनुसार पानी परिरहेकाले  बाढीमा फसेकाहरुको उद्धार गर्न र उनीहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन कठिनाइ भएको छ । बाढी प्रभावित क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया