३ घण्टादेखि नवलपुरमा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह

 साउन १७, २०७९ मंगलबार १३:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नवलपुरमा अहिले ठूलाे पानी परिरहेकाे छ । पछिल्लो तीन घण्टामा नवलपुरको अरुण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले जनाएको छ । 

अरुणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन विभागले जनाएको छ । नारायणी नदीमा पनि आज ठूलो बाढी आएकाले सतर्कता अपनाउन विभागले बिहानै सूचना जारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया