नेविसङ्घको नाम परिवर्तन गरी ‘विश्वविद्यालय बिगार्ने सङ्घ’ राख्न एमाले सांसदकाे प्रस्ताव

 साउन १७, २०७९ मंगलबार १४:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन (नेविसङ्घ) को नाम परिवर्तन गरी (वि.बि.सङ्घ) राख्नुपर्ने बताउनुभएको छ । 

आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी सङ्घको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने सङ्घ राख्न आग्रह गर्नुभएको हो । उहाँले नेविसङ्घकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी सङ्गठनबाट भएको छैन । यो तालाबन्दी सत्तारूढ पार्टीको, त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट भएको छ । नेपाल विद्यार्थी सङ्घको नाम अब परिवर्तन गरेर वि.बि.सङ्घ अर्थात् विश्वविद्यालय बिगार्ने सङ्घ राख्न म प्रस्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्‍याइँदैछ ।’

सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको आरोप लगाउनुभयो । उहाँले अहिले विश्वविद्यालयमा 'बाई द क्रिमिनल', 'फर द क्रिमिनल', 'अफ द त्रिमिनल' भन्ने नारा घन्कन थालेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया