भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २ दशमलव ७६ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४८ विन्दुमा झरेको छ ।
आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो साेमवार चार अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज राष्ट्र उत्थान लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।