बिजुली अनियमित हुन नदिन मुख्यमन्त्री भट्टकाे निर्देशन

 साउन १७, २०७९ मंगलबार २०:३२:२७ | विमल बिष्ट
unn.prixa.net

डाेटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको बिजुलीकाे समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । डाेटीका नागरिकले मुख्यमन्त्री भट्टलाई बिजुली अनियमित भइरहेकाे गुनासाे गरेपछि उहाँले आज मङ्गलवार नेपाल विद्युत कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री भट्टले विद्युत् कार्यालयका प्रमुख देवलाई आफ्नो विकासमा बोलाएर डोटीको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिनुभएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिनुभयो । यसैगरी मुख्यमन्त्री भट्टले समग्र जिल्लाको विद्युतीय प्रसारणको अवस्था, विद्युतको केन्द्रीय लाइन विस्तारको अवस्थाकाे बारेमा पनि जानकारी लिनुभएको थियो । 

भट्टले डोटीमा विद्युत् विस्तार हुन नसकेका पालिकामा तत्काल काम थाल्न पनि निर्देशन दिनुभएको छ । सेवाग्राहीले बिजुलीकाे मासिक शुल्क तिर्न जाँदा उठेकाे रकमभन्दा बढी गाडी भाडामा नै खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने व्यवस्था मिलाउन पनि उहाँले निर्देशन दिनुभएकाे छ । 

डोटीमा विद्युतमा हुँदै आएको अनियमितता तथा अन्य समस्याका विषयमा समाधान गरिने विद्युत् कार्यालयका प्रमुख देवले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया