भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् । सडक विभागको विवरण अनुसार नारायणगढ–मुग्लिङ, तानसेन–रिडी–कोरला र रारा राजमार्गको खलंगा–जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ ।
विभागको विवरणमा समावेश देशभरका ९९ सडकमध्ये १३ वटा एकतर्फी सञ्चालनमा छन् । अरु ८३ वटा नियमित सञ्चालनमा रहेका छन् । एकतर्फी सञ्चालन रहेका सडकका विभिन्न ठाउँमा पहिरो गएको छ । खण्डखण्डमा सडक एकतर्फी रहेको सडक विभागले जनाएको छ ।
मुख्य गरी कोशी राजमार्गको संखुवासभा खण्ड, पृथ्वी राजमार्गको तनहुँ, त्रिभुवन राजपथको मकवानपुर छत्तिस खोलाखण्ड, डुम्रे–बेशीसहर–चामेको लमजुङ तथा मनाङ खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक कोदारी खण्ड, पष्पलाल मध्यपहाडी राजमार्गको बाग्लुङ्ग खहरे दोबिल्ला खण्ड, कर्णाली राजमार्गको कालिकोट जारकोटखण्ड एकतर्फी रहेको सडक विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।