२०३० काे विश्व कप आयाेजना गर्न अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेकाे संयुक्त प्रस्ताव

 साउन १८, २०७९ बुधबार १७:३८:० | एजेन्सी
unn.prixa.net

सन् २०३० को विश्व कप फुटबल आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । चार देशले संयुक्त रूपमा विश्व कप आयोजना गर्न प्रस्ताव पेस गरेसँगै दक्षिण अमेरिकी फुटबल महासङ्घका अध्यक्ष अलेजान्द्रो डोमिनगुइजले यो पूरा महादेशको सपना भएको बताउनुभएको छ । 

उरुग्वेले सन् १९३० मा पहिलो पटक प्रतियोगिता आयोजना गरेको थियो । विश्वकप आयोजनाको शताब्दि मनाइरहँदा उरुग्वे सन् २०३० को प्रतियोगिता घर ल्याउन चाहन्छ । 

सन् २०३० को विश्व कप आयोजना गर्न स्पेन र पोर्चुगलले पनि संयुक्त प्रस्ताव पेस गरेका छन् । चिलीले सन् १९६२ को विश्व कप आयोजना गर्दा अर्जेन्टिनामा सन् १९७८ मा विश्व कप भएको थियो । 

सन् २०२२ को विश्व पक कतारमा हुनेछ भने सन् २०२६ को विश्व कप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने छन् । फिफाले सन् २०३० को आयोजक सन् २०२४ मा छान्ने जनाएको छ । 

बेलायत र आयरल्यान्ड फुटबल सङ्घले भने सन् २०३० को विश्व कप आयोजनाका लागि प्रस्ताव पेस नगर्ने बरु सन् २०२८ को युरो कप आयोजनामा ध्यान दिने बताएका छन् । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया