मङ्सिर ४ गते चुनाव गर्न सत्तारूढ गठबन्धन सहमत

 साउन १८, २०७९ बुधबार १९:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने सहमति गरेको छ ।

आज बुधवार बालुवाटारमा भएकाे गठबन्धनको बैठकमा मङ्सिर ४ गते चुनाव गर्ने सहमति भएको हो । अब सरकारले औपचारिक रूपमा चुनावको मिति घोषणा गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै गठबन्धनको अर्को बैठक पर्सि बिहान ९ बजेका लागि बोलाएको छ । गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारूढ दलहरूको बैठक शुक्रवार बिहान साढे ९ बजे बस्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुभएको थियो । बैठकमा नेताहरूबीच देशको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया