कोसी र नारायणी नदीमा बाढीको जोखिम कायमै, १५ जिल्लाका साना नदी तथा खोलामा बाढीको सम्भावना

 साउन १९, २०७९ बिहिबार ८:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज र भोलि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने अनुमान रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सङ्खुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोकका साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

यस्तै, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया