श्री एअरलाइन्सको विमानमा समस्या देखिएपछि उडेको केहीबेरमै आपत्कालीन अवतरण

 साउन १९, २०७९ बिहिबार ११:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको विमान फेरि नेपालगञ्जमै अवतरण गराइएको छ ।

विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि विमान नेपालगञ्जमै फर्काइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

‘विमानमा  झन्डै ८० जना यात्रु थिए, के भएको रहेछ म पनि बुझ्दैछु’ उहाँले भन्नुभयो ।

बिहान ९ बजेर ४९ मिनेटमा उडेको विमान पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा भएका सबै यात्रुलाई बाहिर निकालिएको छ भने अहिले विमान पार्किङमा राखिएको छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया