मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश र प्रतिनिधि सभा चुनावको मिति तोक्ने तयारी

 साउन १९, २०७९ बिहिबार ११:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डाै - मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनावको  मिति तोक्ने सम्भावना छ ।

सत्ता गठबन्धनको हिजै बसेको बैठकले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो।

आजको मन्त्रिपरिषद् बैठकले मितिको औपचारिक घोषणा गर्ने सम्भावना छ । यसअघि निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १ सय २० दिनको चुनाव अवधि कायम हुनुपर्ने भनेको थियो । तर सरकारले १ सय ७ दिनको अवधि राखेर मंसिर ४ गतेका लागि चुनावको मिति तोक्ने तयारी गरेको छ।

मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ। २०७४ सालमा मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलबारे छलफल थालेका छन्। 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया