अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित

 साउन १९, २०७९ बिहीबार १२:१०:५६ | एजेन्सी
unn.prixa.net

अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ ।

दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली रहनुभएको थियो ।

अमेरिकाले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि नेटोमा सदस्यता थपकाे विषय गम्भीर बनेको छ ।

यसैबीच चीनले आजदेखि ताइवान आसपासका क्षेत्रमा सुरु गरेको सैन्य अभ्यासको जी–सेभेन समूह देशका विदेशमन्त्रीले संयुक्त वक्तव्य निकालेर चीनको यो अभ्यासले अस्थिरताको जोखिम बढाएको प्रतिक्रिया दिएका छन् ।

जी–सेभेन समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया