भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो दुरुपयोग गरेर फेसबुकमा छात्रवृत्तिको विज्ञापन भइरहेको छ ।
एनपी–को (NP-co) नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर छात्रवृत्तिको विज्ञापन भइरहेको छ । पेजमा लेखिएको छ, ‘नेपाल सरकारले निर्णय गरेको छ, प्रत्येक नेपालीलाई अनुदान दिने निर्णय गर्दै डलर २५०, अनुदानका लागि १८ वर्षभन्दा कम उमेरको हुनु हुँदैन, अहिले आवेदन दिनुहोस् ।’
यसअघि गएको असारमा पनि अनुदान नामक पेज बनाएर राष्ट्रपति भण्डारीको फोटो राखेर विज्ञापन भएको थियो । यस विषयमा राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले यसअघि पनि प्रहरीलाई जानकारी गराएका थियौँ, उहाँहरूले रोक्ने प्रयास गर्नुभयाे होला र गल्ती गर्नेलाई कारबाही पनि गर्नुभयाे होला तर राष्ट्रपतिकै फोटो पटक–पटक दुरुपयोग भइरहेकोबारे प्रहरी अझै चनाखो हुनुपर्ने जरुरी छ ।’ उहाँले यस्ता गलत कामलाई सबै मिलेर निरुत्साहित गर्नुपर्ने पनि बताउनुभयो ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले यस विषयमा अनुसन्धान थाल्ने बताउनुभएको छ । ‘हामीले यस विषयमा अनुसन्धान थाल्छौँ, सम्मानीय राष्ट्रपतिकै फोटोको दुरुपयोग गरेर विज्ञापन गर्नु हदैसम्मको साइबर अपराध हो’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।