भेलछेडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला

 साउन १९, २०७९ बिहिबार १६:४०:४० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने डोटीको भेलछेडा (गैरागाउँ–काठमाण्डौ– सिलगढी) खानेपानी आयोजना निर्माणमा वर्षाैँदेखि हुँदै आएको अवरोध खुला गरिदिनुभएको छ । 

स्थानीय उपभोक्तालाई सहजै खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने सर्तमा अहिले स्वीकृत भएको डीपीआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मतका लागि मन्त्री यादवले यही साउन १८ गते निर्णय गर्नुभएको हो । 

यस आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भन्दै असहमति जानाउँदै आएको थियो । भेलछेडाको पानी सिलगढीमा ल्याउन निकुञ्जले असहमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निराश भएका थिए । आयोजनाको बाटो खुलेसँगै उनीहरू खुसी भएका छन् ।

यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली २०४४ को नियम ३४ बमोजिम यस खानेपानी आयोजनाको सहमति पत्र उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया