अर्थ सचिव मरासिनीको सरुवा

 साउन १९, २०७९ बिहीबार १६:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले उज्यालोलाई जानकारी दिनुभयो ।

मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको मन्त्री राईले जानकारी दिनुभयो । सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मालाई बजेट बनाउँदा करका दर हेरफेर गरेको आरोप लागेर विवादित भएपछि मरासिनी शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्कने भन्दै बिदामा बस्नुभएको थियो । शर्माले मन्त्रीबाट राजीनामा दिएपछि उहाँ मन्त्रालयमा जानुभएको थियो । शर्मा पुनः अर्थ मन्त्रीमा नियुक्त भएपछि पनि उहाँलाई स्वागत गर्न मरासिनी जानुभएको थिएन ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया