भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, चुनावका सबै तयारी सुरु भइसकेको आयोगको भनाइ

 साउन १९, २०७९ बिहीबार १७:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । 

आयोगले आज बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताउनुभयो । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा पर्सि २१ गतेसम्म समय निर्धारण गरिएको जानकारी दिनुभयो । 

यस्तै आयोगले मतदान स्थल र केन्द्रको पुनरावलोकन गरेर पुनः निर्धारण गर्ने, राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गर्ने, निर्वाचन कार्यक्रम र तालिका तय गर्ने, जनशक्तिको आँकलन गरेर विवरण सङ्कलन र अद्यावधिक गर्ने लगायतका काम पनि तुरुन्त प्रारम्भ गर्ने उहाँले जानकारी दिनुभयो । 

चुनावको खर्चको अनुमान गरेर सरकारसँग बजेट माग गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया सुरु गर्ने पनि उहाँले जानकारी दिनुभयो । आयोगले चुनाव स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन तयार रहेको र यस कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेको छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया