मेयर बालेन्द्र साह र गगन थापाबीच भेटवार्ता

 साउन १९, २०७९ बिहिबार १७:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएकाे छ । 

हिजाे बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएकाे महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । भेटमा काठमाण्डाैकाे फाेहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएकाे उहाँले उल्लेख गर्नुभएकाे । 

काठमाण्डाै महानगरपालिकाकाे सकारात्मक पहलकदमीमा आफ्नाे निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएकाे छ । 

तस्बिर : थापाकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया