आउँदो चुनावमा कर्मचारी, कैदीबन्दीलाई समानुपातिकतर्फ भाेट हाल्न दिने तयारी

 साउन १९, २०७९ बिहिबार १७:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी गरेको छ । 

निर्वाचन आयोगले आज बिहीवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको जानकारी दिनुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताउनुभएको छ । उहाँले यो विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको र सम्भवतः यो माग पूरा हुने भएकाले यसको व्यवस्थापनतर्फ लागेको बताउनुभयो । 

केही समय अगाडि एक रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया