एसिया कप क्रिकेटकाे फाइनलका लागि पाकिस्तान र बंगलादेश खेल्दै

 असोज १०, २०७५ बुधबार ७:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । 

पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए । भारतले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश खेल्दैछन् । 

सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए भने भारतसँग दुवै टिम पराजित भएका थिए । त्यसैले पाकिस्तान र बंगलादेशको २–२ अंक रहेकाले आजको विजेता फाइनल पुग्ने छ । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया