मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकतालाई अगाडि बढाउने सहमति

 साउन २०, २०७९ शुक्रबार १०:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेका छन् ।

आज काठमाण्डौमा बसेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित बसेको बैठकले पार्टी एकतालाई अगाडि बढाउने सहमति गरेको हो ।

दुई पार्टीको नेतृत्वसहित वार्ता टोलीको संयुक्त बैठकले एकता संयोजन समिति गठन गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बैठकले ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको हो । संयुक्त वक्तव्यमा एकता प्रकृयामा सामेल हुन पार्टी सङ्गठन र नेता/कार्यकर्तालाई आह्वानसमेत गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया